जनता टाइम्स

२६ असार २०७९, आईतवार ०९:०७

मध्यराती कांग्रेसबाट निर्वाचित वडाध्यक्ष पक्राउ, यस्तो छ कारण


धनकुटा, असार २६ । नेपाली कांग्रेसका नेता तथा शहिदभूमि गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष मध्यराती पक्राउ परेका छन । एक महिलामाथि यौन दुब्र्यवहार गरेको उनलाई पक्राउ गरिएको हो ।

धनकुटाको सहिदभुमी गाउँपालिका वडा नं ५ खोकुका वडाध्यक्ष चरे भनिने सन्तोष राईलाई खोकुकै एक युवतीलाई यौन दुव्यवहार गरेको आरोपमा शनिबार राती सँढे ११ बजे धनकुटा प्रहरीले पक्राउ गरेको हो ।

उनलाई पीडित भनिएकी युवतीले दिएको उजुरीका आधारमा पक्राउ गरेको हो । राईले निर्वाचन अघिदेखि नै ती युवतीमाथि दुव्यवहार गर्दै आएको बताइएको छ । राई नेपाली कांग्रेसबाट यही बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष निर्वाचित भएका थिए ।

राईलाई पक्राउ गरेको प्हरीले पुष्टि गरेको छ । यद्यपि अनुसन्धान जारी रहेकाले केही बताउन नसकिने प्रहरीको भनाई छ ।