काठमाडौं, २६ असार । बाजुराको बुढीगंगा नगरपालिकाको मेयर(उपमेयर दुवैमा एमालेको जित निश्चित भएको छ । गणना गर्न बाँकी मतभन्दा मतान्तर धेरै भएपछि यहाँ एमालेको जित निश्चित भएको हो । अहिलेसम्म ८ हजार ६१७ गणना हुँदा मेयरमा एमाले उम्मेदवार रामबहादुर खातीले ४ हजार ५५५ मत प्राप्त गर्नुभएको छ ।
कांग्रेस उम्मेदवार रंगबहादुर खातीले ३५९७ मत पाउनुभएको छ । दुईजना बीचको मतान्तर ९५८ छ । उपमेयरमा पनि एमाले उम्मेदवारको जित निश्चित भइसकेको छ । मायाकुमारी खड्काले ४ हजार ४८० मत पाउनुभएको छ भने प्रतिद्वन्द्वी कांग्रेस उम्मेदवार रिता शाहीको ३ हजार ६०० मत छ । उपमेयरका दुई उम्मेदवारको मतान्तर ८८० रहेको छ । बुढीगंगामा ९ हजार ११७ मत खसेको थियो । अब ५०० मत मात्र गन्न बाँकी छ ।













प्रतिक्रिया दिनुहोस्