काठमाडौं, २७ असार । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा बिहानैदेखि घाम चर्किएको छ ।
मनसुन कमजोर भएकाले देशका धेरै ठाउँमा घाम चर्किएको मौसमविद् निराजन सापकोटाले बताउनुभयो । उहाँका अनुसार आज केही पहाडी क्षेत्रमा बेलुकीपख हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।तर, धेरै ठाउँमा हल्का मात्रै पानी पर्ने छ ।
अबको तीन चार दिन नै ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद् सापकोटाले जानकारी दिनुभयो ।काठमाण्डौमा दिउँसो १, २ बजेपछि बदली हुने र बेलुकीपख हल्का पानी पर्ने अनुमान रहेको पनि मौसमविद्ले बताएका छन् ।
२०७९ असार २७ गते (सोमबार)
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।बाग्मती तथा कर्णाली प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
राती : देशभर आँशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदुर पश्चिम तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
२०७९ असार २८ गते (मंगलबार)
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरुमा र बाँकी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदुर पश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
राती : देशभर आँशिक देखि सामान्य बदली रहनेछ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका र सुदुर पश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदुर पश्चिम प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
२०७९ असार २९ गते (बुधबार)
दिउँसो: देशभर सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका धेरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदुरपश्चिम तथा बाग्मती प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
राती : देशभर आँशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, बाग्मती र गण्डकी प्रदेशका केही र बाकी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।













प्रतिक्रिया दिनुहोस्