काठमाडौं, २७ असार । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको लेटरप्याड दुरुपयोग भएको छ । मुख्यमन्त्रीको लेटरप्याड उहाँका प्रेस संयोजक भरत कोइरालाले दुरुपयोग गर्नुभएको हो । उहाँले मुख्यमन्त्रीको लेटरप्याडमा आफूले हस्ताक्षर गरेर प्रेस नोट जारी गर्नूभएको छ ।
यतिमात्रै हैन उहाँले उक्त लेटरप्याडमा मुख्यमन्त्रीको निजी सचिवालयको छाप पनि लगाउनुभएको छ । गण्डकी प्रदेश सरकारको बजेट मन्त्रीहरूका आफन्तका संघसंस्थालाई मनलाग्दी वितरण भएको विषयमा समाचार बाहिरिएपछि आलोचना चर्केको छ । त्यसपछि मुख्यमन्त्रीले यसरी विनियोजन भएका बजेट कार्यान्वयन नगर्न निर्देशन दिएको व्यहोरोको प्रेस नोट जारी गर्न लेटर प्याडको दुरुपयोग गरिएको हो ।













प्रतिक्रिया दिनुहोस्