ललितपुर, असार २७ । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संसदमा दर्ता भएको संवैधानिक परिषद् सम्बन्धी विधेयक फिर्ता हुने बताउनु भएको छ ।
नेपाली काङ्ग्रेस ललितपुर क्षेत्र नम्बर २ प्रदेश सभा (क) द्वारा आज आयोजित क्रियाशिल सदस्यको भेला तथा जन प्रतिनिधिहरुलाई सम्मान कार्यक्रममा बोल्दै महामन्त्री थापाले संवैधानिक परिषद् सम्बन्धी विधेयक आजभोलि नै फिर्ता हुने बताउनु भएको हो ।
‘संवैधानिक परिषद् सम्बन्धी संसदमा दर्ता भएको विधेयक आजभोलि नै भित्र फिर्ता हुन्छ, यो विधेयकले अहिले प्रचलित संवैधानिक कानुनभन्दा फरक छ । यसबारे हामीले सभापति देउवालाई भेटेर यसबारे जानकारी गराएका छौं,’ महामन्त्री थापाले भन्नुभयो ।
उहाँले संवैधानिक परिषदमा उपस्थितिको संख्या र निर्णय गर्ने अधिकारको बारेमा संशोधनको प्रस्ताव अघि सारेको बताउनु भयो । प्रधानमन्त्री शेरबहादुर देउवाले गत बुधबार संवैधानिक परिषद् (काम, कर्तव्य. अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा पेश गर्नुभएको थियो ।
सरकारले संबैधानिक निकायमा एक तिहाइले पनि नियुक्ति गर्नसक्ने अधिनायकवादी सोच राखेर बिद्येयक ल्याएको छ । सो बिद्येयकको चर्काे बिरोध भएपछि कांग्रेस नेताहरु पनि पक्षमा उभिन नसकिने भन्दै प्रधानमन्त्रीलाई फिर्ता लिन दवाव दिइरहेका छन ।













प्रतिक्रिया दिनुहोस्