जनता टाइम्स

२७ असार २०७९, सोमबार १२:५०

बिश्वप्रकाशले उठाए देउवाको नियतमाथि नै गम्भीर प्रश्न


काठमाडौं, असार २७ । नेपाली कांग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाप्रति आक्रोशित देखिनुभएको छ ।

देउवाले संबिधानभन्दा बाहिर गएर संबैधानिक परिषदसम्बन्धी बिद्येयक संसदमा दर्ता गरेपछि महामन्त्री शर्मा आक्रोशित बन्नुभएको हो । महामन्त्री शर्माले ट्वीट गर्दै प्रधानमन्त्री देउवा कस्को सल्लाहमा यस्तो काम गरिरहनु भएको छ भन्दै नियतमाथि नै गम्भीर प्रश्न पनि उठाउनु भएको छ ।

‘ओलीको पालामा जो गलत, देउवाको पालामा पनि गलत, यसमा सतप्रतिशत प्रष्ट छौं हामी !,’ शर्माले भन्नुभएको छ । उहाँले देउवाको कारण कांग्रेस बदनाम हुन नहुने भन्दै आक्रोशयुक्त प्रश्न र सुझाव पनि राख्नुभएको छ ।

‘संवैधानिक परिषद् सम्बन्धि विधेयक अविलम्ब फिर्ता त हुनुपर्छ नै, तर यस्तो भयो कसरी ? हुन्छ कसरी ? गर्छ कसले ? सल्लाह दिन्छ कसले ? यो दुःखद छ प्रधानमन्त्री @SherBDeuba को गम्भीर जवाफदेहीता जरुरी छ,’ शर्माले भन्नुभएको छ ।