जनता टाइम्स

२७ असार २०७९, सोमबार १३:१२

आफ्नै पार्टी कार्यालय पनि जान पाएनन कांग्रेस नेता–कार्यकर्ता


काठमाडौं, असार २७ । नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरु आफ्नै पार्टी कार्यालय जानबाट बञ्चित हुनुपरेको छ ।

प्रधानमन्त्रीसमेत रहनुभएका कांग्रैस सभापति शेरबहादुर देउवाले आफ्नो बिरुद्ध प्रदर्शन गर्न लागेको भन्दै पार्टी नेता कार्यकर्तालाई नै पार्टी कार्यालय प्रवेश निषेध गर्नुभएको हो ।

प्रधानमन्त्रीको निर्देशनपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यालय प्रवेशमा कडाइ गरिएको छ । कांग्रेस नेता डा. शेखर कोइराला पक्षका कार्यकर्ताले कार्यालयमा विरोध प्रदर्शन गरिरहेका छन । शेखर पक्षका कार्यकर्ताले ब्यानर सहित मौन रूपमा विरोध प्रदर्शन गरिरहेका छन ।

सोही कारण केन्द्रीय कार्यालय प्रवेश गर्दा केन्द्रीय सदस्यको नाम रुजु गरेर मात्रै प्रवेश गराइएको छ । अन्य कार्यकर्तालाई प्रवेशमा रोक लगाइएको छ । सुरक्षा कडा पारिएको भन्दै कांग्रेस केन्द्रीय कार्यालयको परिसर आसपास ठूलो संख्यामा सुरक्षाकर्मी खटिएका छन ।