जनता टाइम्स

२७ असार २०७९, सोमबार १३:५१

निदाएको मौका छोपी मध्यराती छात्राको गोप्यअंग सुमसुम्याउने कांग्रेस नेताबिरुद्द पक्राउ पुर्जी जारी


हेटौंडा, २७ असार । मकवानपुरको कैलाश गाउँपालिका वडा नंबर ९ का वडाध्यक्ष भुवन सिं घलानविरूद्ध पक्राउ पुर्जी जारी भएको छ।

कैलाश–९ को कालिका माविकी १४ वर्षीया छात्रा विद्यार्थीले गएको वडाध्यक्षविरुद्ध बलात्कार प्रयासको जाहेरी दिएपछि जिल्ला अदालत मकवानपुरबाट सोमबार पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।

प्रवक्ता कार्कीले वडाध्यक्ष घलानलाई पक्राउ गर्न प्रहरी टोली खटाईएको र थप अनुसन्धान भईरहेको जानकारी दिनुभयो । छात्राले राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा सहभागी हुन हेटौंडा आउँदा र राति हेटौंडाको होटलमा बस्दा असार १९ गते राति १२ : ३० बजेको समयमा वडाध्यक्षले आफुलाई बलात्कारको प्रयास गर्ने उदेश्यले शरिरको संवेदनशील अंगहरुमा सुम्सुम्याएको जाहेरीमा उल्लेख गरेकी छन् ।

घटना १९ गते रातिको भएपनि बालिकाले असार २२ गते आफ्नो आमालाई घटनाको बारेमा बताउँदै वडाध्यक्षविरुद्ध किटानी जाहेरी दिएकी थिईन् ।