जनता टाइम्स

२८ असार २०७९, मंगलवार १०:३१

चिनियाँ कम्युनिष्ट पार्टीका नेता लिउ र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता


काठमाडौं, २८ असार । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियान्चाओले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ । ओलीलाई बालकोटस्थित उहाँको निवासमा पुगेर लिउले भेट गर्नूभएको हो ।

भेटवार्तामा एमाले नेताहरू राजन भट्टराई , बिष्णु रिमाल, प्रदिप ज्ञवाली , ईश्वर पोख्रेल लगायत सहभागी हुनुहुन्छ । यस्तै उषा किरण भण्डारी , अन्जन शाक्य तथा कृशा केसी पनि भेटवार्तामा संलग्न हुनुहुन्छ ।

 

आइतबार काठमाडौं आएका लिउले राष्ट्रपति विद्यादेवी भण्डारी, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सोही पार्टीका सम्मानित नेता झलनाथ खनालसँगपनि भेट्न कार्यक्रम छ । प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्कासँग भने अस्ति र हिजो माओवादी अध्यक्ष प्रचण्ड सङ भेट भइसकेको छ ।