जनता टाइम्स

५ श्रावण २०७६, आईतवार १०:२१

भारतमा ९ वर्षीया नेपाली बालिकाको हत्या


काठमाडौं, साउन ५ । भारतको दिल्लीस्थित शकरपुर लक्ष्मीनगरमा ९ वर्षीया एक नेपाली बालिकाको घाँटी थिचेर हत्या भएको छ । बालिकाको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ ।

बाजुरा घर भएकी बालिकाको बाबुआमाले होस्टेलमा काम गर्ने र सोही होस्टेलमा कार्यरत सोनु नाम गरेको भारतीय नागरिकमाथि हत्यामा संलग्न रहेको आरोप लागेको छ । त्यहाँ रहेका विधायक नितिन त्यागी, एसएचओ सन्जिव शर्माले दोषिलाई कारबाहीमा कुनै कसर बाँकी नराख्ने बताएका छन् ।