जनता टाइम्स

२८ असार २०७९, मंगलवार १७:३४

माधवलाई यताबाट पनि भयो अपमान


काठमाडौं, असार २८ । नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियान्चाओले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र झलनाथ खनाललाई होटलमा भेटनु भएको छ ।

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा साढे चार घण्टा बिताएर छलफल गर्नुभएका लिउले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव र सम्मानित नेता खनाललाई भने होटलमा भेटका लागि बालाउनु भएको हो ।

दुवै नेता पूर्वप्रधानमन्त्री भए पनि पार्टीको हैसियतअनुसार ब्यवहार गर्दै लिउले होटल एभरेष्टमा भेटका लागि बालाउनु भएको हो । लिउसँग भेटनका लागि एकीकृत समाजवादीका अध्यक्ष नेपाल, सम्मानित नेता खनाल, उपमहासचिव गंगा तुलाधरलगायत नेता एभरेष्ट पुग्नुभएको छ । अहिले सोही होटलमा कुराकानी भइरहेको छ ।

गत आइतबार नेपाल भ्रमणमा आउनु भएका चिनियाँ नेता लिउले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग सोही दिन शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।

लिउले सोमबार नेकपा माओवादी केन्द्रा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँ निवासमै गएर भेटवार्ता गर्नुभएको थियो । माधव र झलनाथलाई भने होटलमा बोलाएर चिनियाँ टोलीले औकात देखाइ दिएको बिश्लेषकहरुको भनाई छ । यसअघि पदीय मर्यादा भुलेर कहिल्यै होटलमा भेटन जान्न भन्नुहुने माधव आज भने खुरुखुरु जानुभएको छ ।