जनता टाइम्स

२९ असार २०७९, बुधबार ०९:०३

ढुङ्गा सहितको पहिरो झरेपछी बुटवल -पाल्पा सडक खण्ड अवरुद्ध


बुटवल, असार २९ढुङ्गा सहितको पहिरो झरेपछी बुटवलपाल्पा सडक खण्ड अवरुद्ध भएको छ।

सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवलपाल्पा सडकखण्डको तल्लो सिद्धबाबा माथिल्लो सिद्धबाबा मन्दिरको बीचमा बिहान ढुङ्गासहितको पहिरो झरेको हो। पहिरो झरेपछी सिद्धार्थ राजमार्ग हुँदै बुटवलबाट पाल्पा, गुल्मी जाने उताबाट बुटवल आउने सवारी साधनबाटोमा रोकिएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ।

बुटवलदेखि दोभान सम्मको करिव किलोमीटर सडक खण्डमा हिउँद होस् वा वर्षा हिले धुले पहिरो झर्दा यात्रुहरुले जोखिम मोलेरयात्रा गर्न बाध्य छन्।

यसअघि माथिल्लो सिद्धबाबा मन्दिर देखिको अगाडीको भागमा पहिरो झर्दै आएकोमा बुधबार बिहान भने माथिल्लो सिद्धबाबा मन्दिरदेखि तल्लो भागमा पहिरो झरेको हो।

अप्ठ्यारो ठुलो चट्टान सहितको पहरोको बीचमा रहेको सडकमा पहिरो झर्न थालेपछि सरकारले सिद्धबाबा सुरुङमार्ग निर्माण गर्दैछ।