काठमाडौं, असार २९ । प्रतिनिधि सभाबाट नागरिकता विधेयक अघि बढेको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता ऐन संशोधन विधेयक पेश गर्नुभएको हो ।
प्रमुख बिपक्षी नेकपा एमाले र नेपाल मजदुर किसान पार्टीका सांसदहरुले यो विधेयक अगाडि नबढाउन माग गर्दै विरोधका सूचना दर्ता गराएका थिए । उक्त सूचना अस्वीकृत भएपछि विधेयक अघि बढाउन बाटो खुलेको हो । अब संसदमा विधेयकमाथि दफावार छलफल हुनेछ ।
बैठकमा एमाले सांसद भीम रावल, शेरबहादुर तामाङ, नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विरोधको सूचना दर्ता गर्नुभएको थियो । सांसद रावलले नागरिकता जस्तो संवेदनशिल विषयमा दुई÷दुइ वर्ष गरेको अभ्यासलाई निरर्थक नबनाउन सरकारलाई आग्रह गर्नुभयोे । संसदमा बोल्दै सांसद रावलले नागरिकता सम्बन्धी विषय अत्यन्तै संवेदनशिल रहेको भन्दै यो विषयलाई उदार बनाउन नहुने बताउनु भयो ।
’संवेदनशिल भूराजनीति अवस्थामा महिलालाई विहे गर्दा वित्तिकै नागरिकता दिनुपर्छ । त्यसो भए नेपाली महिलाले विदेशमा विहे गरे सजिलै नागरिकता पाउनुपर्छ कि नाई ? महिलाको अधिकार हनन गर्ने विषय होइन । अंगीकृत नागरिकलाई प्रकृया पुरा गरेर नागरिकता दिनुपर्छ,’ रावलले भन्नुभयो ।














प्रतिक्रिया दिनुहोस्