काठमाडौं, असार ३० । कास्कीको अन्नपूर्ण गाउँपालिका– ७ स्थित जंगलमा बनेपाकी सुदिना कर्माचार्य र बनेपाकै दिवाकर थापा एउटै डोरीमा पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेका छन ।
जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी सुन्दर तिवारीकाअनुसार अन्नपूर्ण गाउँपालिका– ७ स्थित पानी खाल्टी गौडा भन्ने स्थानमा कर्माचार्य र थापाको शव भेटिएको हो । जंगलमा रहेको अँगेरीको रुखको हाँगामा एउटै डोरीमा नाइलनको डोरीको पासो लगाई झुण्डिएको अवस्थामा थापा र कर्माचार्य फेला परेका हुन ।
प्रहरीकाअनुसार बनेपा नगरपालिका– १ काभ्रे बस्ने २८ बर्षकी सुदिना कर्माचार्य र बनेपा नगरपालीका १० बस्ने ३२ बर्षीय दिवाकर थापा दुवै जना विवाहित हुन । दिवाकरकी श्रीमती अध्ययनका लागि अष्टेलियामा छन भने सुदिनाको श्रीमान बनेपामै रहेका छन ।
प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धानको क्रममा विवाहेत्तर सम्बन्धका कारण दुवै जनाले आत्महत्या गरेको हुनसक्ने अनुमान गरेको छ । यद्यपी मृत्यको कारण भने खुल्न नसकेको प्रहरीको भनाई छ । उनीहरुको शव पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानमा पोष्टमार्टमपछि का लागि आफन्तले जिम्मा लिएका छन ।













प्रतिक्रिया दिनुहोस्