जनता टाइम्स

५ श्रावण २०७६, आईतवार १४:२८

नवौं र दशौं तहका चिकित्सकहरुको थप समायोजन (सूचीसहित)


काठमाडौं, साउन ५

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नवौं र दशौं तहका बाँकी चिकित्सकहरुको समायोजन गरेको छ । शुक्रबार नवौं र दशौं तहका केही समूहका चिकित्सकहरुको समायोजन भएपनि आज बाँकी समूहका नवौं र दशौं तहका चिकित्सकहरुको समायोजन भएको हो । चिकित्सकहरुको समायोजनमा देखिएको समस्याकै कारण स्वास्थ्यको समायोजन झण्डै एक महिना धकेलिएको थियो ।

आइतबार स्वास्थ्य मन्त्रालयले बरिष्ठ कन्सल्टेन्ट अष्टेट्रिसियन तथा गाइनोकोलोजिष्ट, कन्सल्टेन्ट अष्टेट्रिसियन तथा गाइनोकोलोजिष्ट, बरिष्ठ कन्सल्टेन्ट अंकोलोजी, कन्सल्टेन्ट अंकोलोजी, बरिष्ठ कन्सल्टेन्ट मेडिकल जनरलिष्ट/कन्सल्टेन्ट मेडिकल जनरलिष्ट, बरिष्ठ कन्सेल्टेन्ट पिडियाट्रिसियन, कन्सेल्टेन्ट पिडियाट्रिसियन र बरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट/मेडिकल सुपरिटेन्डेन्टको समायोजन सूची सार्वजनिक गरेको छ ।

आइतबार नै बरिष्ठ कन्सल्टेन्ट नेफ्रोलोजी, कन्सल्टेन्ट नेफ्रोलोजीजिष्ट, बरिष्ठ कन्सल्टेन्ट फिजिसियन/कन्सल्टेन्ट फिजिसियनको सूची पनि प्रकाशित भएको छ । यस्तै, प्रमुख कन्सल्टेन्ट कार्डियोलोजिष्ट/कन्सल्टेन्ट कार्डियोलोजिष्ट, बरिष्ठ कन्सल्टेन्ट ग्यास्टोइन्टेरोलोजिष्ट/कन्सल्टेन्ट ग्यास्टोइन्टेरोलोजिष्ट, बरिष्ठ कन्सल्टेन्ट चेष्ट फिजिसियन, कन्सल्टेन्ट चेष्ट फिजिसियनको समायोजन सूची पनि आएको छ ।

यस्तै, बरिष्ठ कम्युनिटी नर्सिङ अधिकृत/कम्युनिटी नर्सिङ अधिकृत ७ औ र ८ औं तहको सूची पनि समायोजन सूची सार्वजनिक गरेको छ ।