जनता टाइम्स

३२ असार २०७९, शनिबार १०:०२

डोरमणिको नाममा कस्ले गर्यो यस्तो अक्ष्यम्य अपराध ?


हेटौंडा, असार ३२ । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले आफ्नै पालामा १ लाखको राहत वितरण गर्न २८ लाख खर्च भएको भन्ने समाचार देखेर आफू आश्चर्यमा परेको बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा यस बारेमा लेख्दै पौडेलले सिन्धुपाल्चोकको पहिरो निरीक्षण गर्न आफ्नो नेतृत्वमा एक पटक मात्रै हेलिकोप्टरमार्फत गएको पौडेलले स्पष्ट पार्नु भएको छ । तर, थप १४ उडानको फर्जी बिल बनाएर राज्यकोषबाट २८ लाख रुपैयाँ भुक्तानी उहाँको भनाइ छ , । १४ वटा फर्जी उडानको बिल कसले र किन बनायो तत्काल छानविन गर्न पौडेलले माग गर्नुभएको छ ।

महालेखा परीक्षकको प्रतिवेदनको हवला दिदै आएको समाचारमा आन्तरिक मामिला तथा कानून मन्त्रालयले १२ पटक नेपाली सेनाको हेलिकप्टर र ३ पटक निजी हेलिकप्टर समेत प्रयोग भएको भनि राज्यको साँढे २८ लाख भन्दा बढी रकमको भूक्तानी गरेको खबरले मलाई आश्चर्य चकित पारेको छ । यसरी एउटा उडान भएकोमा १५ वटा उडानको भुक्तानी हुनु पक्कै पनि अक्षम्य अपराध हो । यो कसरी र कोबाट भयो यसको छानविन हुनैपर्छ

‘पहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार गर्नका लागि उद्धार टोली र पुर्याउन सकिने राहत सामाग्रीसहित आफू एक पटक मात्र नेपाली सेनाको हेलिकप्टरमा सिन्धुपाल्चोक पुगेको बाहेक १४ वटा उडान थपिएर आएको खबरले म स्तब्ध भएको छु’ पौडेलले लेख्नुभएको छ । एउटा उडान हुने अनि १५ वटा उडानको भुक्तानी लिने प्रक्रिया गम्भिर भएको भन्दै तत्काल छानविन गर्न उहाँले माग गर्नुभएको छ ।

यस्तो छ पूर्वमूख्यमन्त्री डोरमणिको माग

सिन्धुपाल्चोकको पहिरो निरीक्षणको क्रममा म मुख्यमन्त्री हुँदा आन्तरिक मामिला तथा कानून मन्त्रालयमार्फत तत्कालीन सामाजिक विकास मन्त्री युवराज दुलाल, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपाल, संघीय पूर्वमन्त्री शेरबहादुर तामाङ, प्रमुख सचिव, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव मदन भुजेल, नेपाली सेनाका मध्यपृतना प्रमुख, नेपाल प्रहरीका प्रदेश प्रमुख सहितको टोलि पहिरो निरीक्षणका लागि १ पटक सिन्धुपाल्चोक गएको हो । पहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार गर्नका लागि उद्धार टोलि र पु¥याउन सकिने राहत सामाग्रीसहित आफू एक पटक मात्र नेपाली सेनाको हेलिकप्टरमा सिन्धुपाल्चोक पुगेको बाहेक १४ वटा उडान थपिएर आएको खबरले म स्तब्ध भएको छु ।

महालेखा परीक्षकको प्रतिवेदनको हवला दिदै आएको समाचारमा आन्तरिक मामिला तथा कानून मन्त्रालयले १२ पटक नेपाली सेनाको हेलिकप्टर र ३ पटक निजी हेलिकप्टर समेत प्रयोग भएको भनि राज्यको साँढे २८ लाख भन्दा बढी रकमको भूक्तानी गरेको खबरले मलाई आश्चर्य चकित पारेको छ । यसरी एउटा उडान भएकोमा १५ वटा उडानको भुक्तानी हुनु पक्कै पनि अक्षम्य अपराध हो । यो कसरी र कोबाट भयो यसको छानविन हुनैपर्छ ।