जनता टाइम्स

३२ असार २०७९, शनिबार १३:१४

जसपामा फेरि बिद्रोह, प्रभावशाली केन्द्रीय सदस्यसहित ४६९ जना नेता कार्यकर्ताले गरे पार्टी परित्याग


पर्सा, असार ३२ । जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्यसहित प्रभावशाली नेताहरूले पार्टी परित्याग गरेका छन्। केन्द्रीय सदस्यद्वय वीरेन्द्र यादव र टेक बहादुर शाक्यसहित पर्सा क्षेत्र नम्बर ४ का ६९ जना नेताहरूले पार्टी परित्याग गर्नुभएको हो ।

पार्टी परित्याग गर्ने नेताहरूमा केन्द्रीय सदस्यद्वय यादव र शाक्य, प्रदेश सदस्य सलाउदिन अहमद,क्षेत्रीय अध्यक्ष लालबाबु साह, जिल्ला सदस्यहरू कृष्णमोहन यादव, राजवली यादव, प्रदीप चौधरी, चन्द्र नेवार, शोभा यादव, सत्यदेव प्रसाद यादव, कुमारी लामा तामाङ गरी ६९ जना रहनुभएको छ ।

बीरगञ्जमा आज पत्रकार सम्मेलन गरेर उहाँहरूले जसपाको साधारण सदस्य समेत नरहने गरि पार्टी परित्याग गरेको बताउनु भयो । पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य यादवले पार्टी स्वेच्छाचारी र एकलौटी ढंगले सन्चालन गरिएको, पार्टीको नीति प्रति नेतृत्व तह स्पष्ट नभएको, पार्टीमा ठेकेदार र भ्रष्टचारी हाबी भएकोले आफूहरूले सामूहिक रूपमा राजीनामा दिएको बताउनु भयो।

जसपा पार्टी देश र जनताको हितमा नभइ समिति आसेपासे र द्रब्यदारहरूको चंगुलमा फस्दै गएको ठहर गर्दै आफुहरूले पार्टी परित्याग गर्नुपरेको उहाँहरुको भनाई छ ।