काठमाडौं, असार ३२ । चीनको सूचना लिन भारतको बोलावटमा दिल्ली पुग्नसभएका पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष भारतका बिदेशमन्त्री जयशंकरसामू नतमस्तक देखिनुभएको छ । प्रचण्ड र जयशंकरबीचको भेटबार्तामा बाहिरिएको तस्विरले यो तथ्य उजागर गरेको हो ।
प्रचण्डले आज जयसंकरसँग भेट गर्नुभएको थियो । त्यस अवसरमा जयशंकरले भर्खरै नेपाल भ्रमणमा आएका चिनियाँ बिदेश बिभागका प्रमुख लिउले के के भने भन्ने सूचना मागेको दिल्लीस्थित उच्च स्रोतले बताएको छ । प्रचण्ड चीनकोसूचना दिनकै लागि भारत गएको तथ्इ यसअघि नै खुलिसकेको छ ।
भेटमा जयशंकरले भारतको छिमेक पहिलो नीतिअन्तर्गत नेपाल प्राथमिकतामा परेको धारणा पनि राख्नुभएको छ । ‘छिमेकी पहिलो नीतिलाई प्रतिबिम्बित गर्दै नेपालको विकास र सम्बृद्धिको चाहनामा भारत सदैव भरपर्दो साझेदार रहनेछ’, विदेशमन्त्री जयशंकरले भन्नुभएका छ, ‘आर्थिक सहकार्यमा केन्द्रित भई हाम्रो छिमेकी सम्बन्धलाई सुदृढ बनाउने विषयमा फलदायी छलफल भएको छ ।’
भेटमा जयशंकरले आगामी दिनमा पनि चीनले नेपालसँग गर्ने हरेक ब्यवहारबारे सूचना दिन प्रचण्डसँग आग्रह गरेको स्रोतको भनाई छ ।













प्रतिक्रिया दिनुहोस्