काठमाडौं, असार ३२ । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले वामपन्थी तालेमलका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग औपचारिक रुपमा प्रस्ताव गर्नुभएको छ । नेता श्रेष्ठले एकता वा तालमेलका लागि तुम शेर तो, हम सवाशेर छाडेर आत्मसमीक्षा गर्न सवै नेताहरुलाई आग्रह गर्नुभयो ।
शनिबार काठमाडौंमा आयोजित ‘नेपालको भूराजनीतिक अवस्था : चुनौती र अबको बाटो’ विषय विचार गोष्ठी कार्यक्रममा माओवादी केन्द्रका नेता श्रेष्ठले देशभक्तिपूर्ण आन्दोलनको अगुवा शक्ति वामपन्थीहरु भएको तर अहिले वामपन्थीहरुले एकअर्कालाई सिध्याउने, तल पार्ने मेसो चलाउँदा सबै सिद्धिने दिशातिर गइरहेको र यसले देशको अस्थित्व संकटमा पर्नसक्ने बताउनु भयो ।
‘देश सिध्याउने काम नगरौं । त्यसका निम्ति वापन्थीहरुको एकता आवश्यक छ । कमसेकम तालमेल र मोर्चातिर जान आवश्यक छ,’ श्रेष्ठको भनाई थियो । मञ्चमा रहनुभएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम लिँदै श्रेष्ठले थप्नुभयो, ‘सबैसँग विनम्रतातापूर्वक आग्रह गर्न चाहन्छु, तुम शेर तो, हम सवा शेर छोडिदिऊँ, बामपन्थी एकता वा तालमेल गरौं, कांग्रेसलाई ठेगान लगाऔं ।’













प्रतिक्रिया दिनुहोस्