काठमाडौं, असार ३२ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले बाहेक अरु वामपन्थी नभएको बताउनु भएको छ । मुलुकमा यदि कोही वामपन्थी भए एमालेसँग मिलेर देशका लागि काम गर्ने सरकार बनाउन ओलीले सार्वजनिक अपिलसमेत गर्नुभएको छ ।
काठमाडौंमा आज आयोजित ‘नेपालको भूराजनीतिक अवस्था स् चुनौती र अबको बाटो’ विषय विचार गोष्ठी कार्यक्रममा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले ओलीको नाम नै लिएर ‘तुम शेर, तो हम सवा शेर’ भन्ने नगर्न र वामपन्थी तालमेलमा आउन आग्रह गरेपछि ओलीले जवाफ दिनुभएको हो ।
कार्यक्रमको प्रमुख अतिथि ओलीले आफ्नो बोल्ने पालो आएपछि माओवादी केन्द्रका नेता श्रेष्ठलाई शंकाको लाभ दिने भन्दै भन्नुभयो, ‘नेपालमा वामपन्थी पार्टीहरु छन भने कांग्रेसको पछाडि नलाग्न, गठबन्धन छोड्न, देशघाती काम नगर्न, एसपीपी नगर्न र वामपन्थी एकतामा आउन आग्रह गर्छु ।’

ओलीले साइन बोर्ड मात्र राखेर कुनै पनि दल वामपन्थी नहुने भन्दै थप्नुभयो, ‘चौरीको पुच्छर जस्तो कांग्रेसको पुच्छर भएर वामपन्थी पार्टी हुन्छ ?’ कम्युनिस्ट सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार बनाउन अदालतमा रिट हाल्न गएको तथ्य पनि ओलीले राख्नुभयो । उहाँले भन्नुभयो, ‘राफसाफ कुरा गरौं । गल्ती भइहाल्यो, छोडिदिऔं, कोही वामपन्थी हुनुहुन्छ भने आउनुस, एमालेसँग मिलेर देशको पक्षमा काम गर्ने सरकार बनाऔं ।’













प्रतिक्रिया दिनुहोस्