जनता टाइम्स

३२ असार २०७९, शनिबार २२:०८

प्रेमीसँग भागेकी युवतीमाथि सामूहिक बलात्कार, प्रेमी पनि अपराधमा संलग्न


काठमाडौं,३२ असार । प्रेमीसँग विवाह गर्न भन्दै घरबाट भागेकी युवती सामूहिक बलात्कारको शिकार भएकी छन् ।कञ्चनपुर पुनर्बासकी २० वर्षीया युवतीमाथि गत २३ असारको राति सामूहिक बलात्कार भएको हो ।

पक्राउ पर्नेमा पुनर्बास नगरपालिका–९ का सुशील विष्ट, लक्ष्मण सुनार, पृथ्वी भाट क्षेत्री र यमप्रसाद जैसी छन् । जैसी सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरी जवान हुन ।

पीडित युवतीले आफू सामूहिक बलात्कारमा परेको भन्दै शुक्रबार कञ्चनपुर प्रहरीमा जाहेरी दिएकी थिइन् । प्रहरीले आरोपीमध्ये विष्ट र युवतीबीच प्रेम सम्बन्ध थियो । विष्टले भागी विवाह गर्ने भन्दै युवतीलाई मोटरसाइकलमा भगाएका थिए ।

रातको समयमा मोटरसाइकलमा प्रेमीसँग गएकी युवतीलाई बाँकी तीन जनाले पिछा गरेर बलात्कार गरेको उजुरीमा उल्लेख छ । युवतीले घटनामा प्रेमी विष्ट पनि सामेल भएको आरोप लगाएकी छन् ।