जनता टाइम्स

६ श्रावण २०७६, सोमबार ०६:४५

राजपा अध्यक्षमण्डलको संयोजकमा राजकिशोर यादव


काठमाडौं, साउन ६  । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्षमण्डलको संयोजकको जिम्मेवारी (आज) सोमबारदेखि राजकिशोर यादवले पाउनुभएको छ ।

राजपाको यही साउन ४ र ५ गते प्रदेश नं २ को राजधानी जनकपुरमा बसेको अध्यक्षमण्डलको बैठकले संयोजकको जिम्मेवारी यादवलाई दिने निर्णय गरेको हो ।

सोमबारदेखि यादवले संयोजकको जिम्मेवारी पाउनुभएको राजपाका संयोजक अनिलकुमार झाले जानकारी दिनुभएको छ । राजपाको चक्रिय प्रणाली अनुसार हरेक दुई महीनामा संयोजक फेरिने व्यवस्था छ ।