जनता टाइम्स

२ श्रावण २०७९, सोमबार १५:५३

एआईजी विश्वराज पोखरेलले दिए राजीनामा


काठमाडौ, साउन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) विश्वराज पोखरेलले राजीनामा दिनुभएको

सोमबार दिउँसो प्रहरी प्रधान कार्यालय नक्साल पुगेर पोखरेलले हाजिर गरेर पदबाट राजीनामा दिनुभएको हो

एआईजीपी पोखरेलले सोमबार नक्सालस्थित प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागमा हाजिर गरेपछि राजीनामा दिएकोजानकारी दिनुभयो

सर्वोच्च अदालतले गत असार ३१ गते प्रहरी महानिरीक्षकमा धीरजप्रताप सिंहलाई नै निरन्तरता दिने फैसला सुनाएसँगै पोखरेललेराजीनामा दिने निर्णय गर्नुभएको हो

आफूभन्दा जुनियरलाई आईजीपी बनाएको भन्दै असन्तुष्ट पोखरेलको अवकाशमा गइसकेका तीन डीआईजीको रिट सर्वोच्चलेखारेजको निर्णय गरेको थियो।

पोखरेलसहित अवकाशमा गएका तीन डीआईजीको पनि रिट खारेज गर्ने सर्वोच्च अदालतको फैसलापछि प्रहरी महानिरीक्षकमा धीरजप्रताप सिंहको नियुक्तिमा उठाइएका सबै प्रश्नको पनि औचित्य सकिएको थियो।

गत वैशाख १९ गतेबाट आईजीपीको जिम्मेवारी धीरजप्रताप सिंहले पाएपछि विश्वराजलले वैशाख १८ गते नै बिदा हुँदै गरेका आईजीपीशैलेश थापा क्षेत्रीलाई ३० दिनको बिदा स्वीकृत गराउनु भएको थियो

यसबीचको सार्वजनिक विदासहित जोड्दा पोखरेलको बिदा जेठ २६ मै सकिएको थियो। त्यसपछि पनि उहाँले पटक पटक बिदा थपेरसर्वोच्चमा मुद्दा लडनुभएको थियो

पोखरेलले हालेको यो मुद्दामा गत जेठ ३० गते अन्तिम सुनुवाइ सुरु भएको थियो। निवेदकले दुई दिन प्रतिवादीले दुई दिन बहस गरेपछिनिवेदकका तर्फबाट जवाफी बहससँगै सुनुवाइ टुंगिएको थियो। 

आफू साउन २० गते अनिवार्य अवकाशमा जाने भएकाले पनि त्यसअघि नै रिटको टुंगो लगाइदिन एआईजी विश्वराज पोखरेलले आग्रहगर्नुभएको थियो