काठमाडौं, साउन ४ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले अनलाइन भोटिङ सिस्टम प्रयोग गर्न सकिने बताउनु भएको छ ।
गैरआवासीय नेपाली संघका प्रतिनिधिमण्डलसहित गैरआवासीय नेपाली संघका प्राविधिक समूहसँगको भेटमा थपलियाले सर्वोच्च अदालतको परमादेशले विदेशमा बसेका नेपालीले पनि मतदान गर्न पाउने पर्ने अधिकारको सुनिश्चितता गरेको स्मरण गराउनु भएको हो ।
आयोगले पनि विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न र अझै व्यवस्थित बनाउन सुझाव संकलन गरिएको उहाँले बताउनु भयो । त्यसक्रममा एनआरएनएका अध्यक्ष बद्री केसीले एनआरएनए चुनावका लागि बनाएको एप्स निर्वाचन आयोगले पनि प्रयोग गर्न सक्ने बताउनुभयो
प्रतिक्रिया दिनुहोस्