जनता टाइम्स

४ श्रावण २०७९, बुधबार ०९:१४

प्रचण्ड-माधवको त्यो काम फगत कृपा प्राप्तिको रोदनमा मात्र हुनेछ : योगेश भट्टराई


काठमाडौं, साउन ४ । नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले कम्युनिष्ट पार्टी नामको साइनबोर्ड कम गर्न प्रचण्डदेखि माधव नेपाल बामदेव गौतमसम्मको छलफल सफल हो भन्ने शुभकामना दिँदै एमालेलाई देखाएर कांग्रेस तर्साउने खेल नखेल्न सुझाउनु भएको छ ।

तात्कालिन नेकपा बिभाजनमा संलग्न सचिवालयका ५ नेताको छलफललगत्तै भट्टराईले यस्तो बताउनु भएको हो । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नपाल, सम्मानित नेता झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ मंगलवार बार्तामा बस्नुभएको थियो ।

 

समाचारका अनुसार कमरेडहरु प्रचण्ड, माधव, जेएन, बामदेब र नारायणकाजी बसेर पार्टी एकता गर्ने कुरा गर्नु भएछ । राम्रो कम्तीमा कम्युनिस्ट नामका साइनबोर्ड त घट्छन । अन्यथा एमालेलाई देखाएर, कांग्रेसलाई तर्छाएर सीटको मोलमोलाई र सामुहिक सौदाबाजी चै फगत कृपा प्राप्तिको रोदनमा मात्र हुनेछ 

सोही बिषयमा सामाजिक सञ्जालमार्फत एमाले सचिव योगेशले बुधवार साइनबोर्ड घटने बिश्वास ब्यक्त गर्नुभएको हो । उहाँले एमालेलाई देखाएर, कांग्रेसलाई तर्सएर सीटको मोलमोलाई र सामुहिक सौदाबाजी चै फगत कृपा प्राप्तिको रोदनमा मात्र हुने बताउनु भएको छ ।

‘समाचारका अनुसार कमरेडहरु प्रचण्ड, माधव, जेएन, बामदेब र नारायणकाजी बसेर पार्टी एकता गर्ने कुरा गर्नु भएछ । राम्रो कम्तीमा कम्युनिस्ट नामका साइनबोर्ड त घट्छन । अन्यथा एमालेलाई देखाएर, कांग्रेसलाई तर्छाएर सीटको मोलमोलाई र सामुहिक सौदाबाजी चै फगत कृपा प्राप्तिको रोदनमा मात्र हुनेछ,’ योगेशको भनाई छ ।