जनता टाइम्स

४ श्रावण २०७९, बुधबार २०:२१

चर्को गर्मीले युरोपमा निम्त्यायो डरलाग्दो संकट : कहाँको अवस्था कस्तो ?


लण्डन, साउन ४ । युरोपका ७ मुलुक यतिबेला चर्को गर्मीको सामना गरिरहेका छन । गर्मी बढदै जाँदा जनजीवन निकै अस्तब्यस्त बनेका छन भने दुई हजार बढीको ज्यान गइसकेको छ।

बेलायतको इतिहासमै पहिलो पटक तापक्रम ४० डिग्री पुगेको छ । यसअघि सन २०१९ मा यहाँको सर्वाधिक धेरै तापक्रम ३९.१ डिग्री मापन गरिएको थियो । युरोपियन समाचार एजेन्सीहरुका अनुसार अहिले फ्रान्स, इटाली, पोर्चुगल, स्पेन र ग्रिसमा लगातार गर्मी बढिरहेको छ ।
गर्मीका कारण जंगलमा फैलिएको डढेलो नियन्त्रणमा आउन कठिन भएको छ भने डढेलो पनि गर्मी बढाउने कारण बनेको छ ।

गर्मीकै कारण एक साताभित्र स्पेन र पोर्चुगलमा १७ सयभन्दा धेरै मानिसको ज्यान गएको छ । मृत्य हुनेको संख्या अझै बढ्ने समाचार एजेन्सीहरुको अनुमान छ । बेलायतमामा गर्मीका कारण स्कुल बन्द गरिएको छ भने गर्मीबाट सडकमा अलकत्र पग्लिन थालेका छन । रेलदेखि सवै सेवा अवरुद्ध हुँदा यी देश एक किसिमले ठप्प नै भएका छन ।

बेलायतमा लिङ्ककन सायर र हिथ्रो एयरपोर्टमा पनि मंगलवार ४० डिग्रीभन्दा धेरै तापक्रम मापन भएको छ । ३३ स्थानमा तापक्रम ३८ डिग्री थियो । मौसम विभागले राजधानी लण्डनसमेत मध्य, उत्तरी र दक्षिण–पूर्वी बेलायतका इलाकामा उच्च गर्मी भएर तातो हावा चल्ने भन्दै चेतावनी जारी गरेको छ ।

लण्डनका कयौँ इलाकामा रेल सेवा प्रभावित भएको छ । मिडिल्यान्ड्स रेलवेले मानिसलाई घरमै बस्न अपील गरेको छ । चेतावनीमा रेलवे ट्र्याक हावाको तुलनामा २० डिग्री धेरै तातो हुने बताइएको छ । तापक्रम अझै बढेमा रेलवे ट्रयाक पग्लिएर खुम्चिने बताइएको छ । लण्डनमा रेल २०० किलोमिटर प्रतिघण्टाले दौडिन्छन । दुई दिनमै त्यहाँ तातो गर्मीका कारण १० जनाको ज्यान गएको छ ।

तातो बढेसँगै अग्नि नियन्त्रक टोलीलाई कयौँ स्थानमा आगो लागेको खबर मिलेको छ । पूर्वी लण्डनको वेनिङ्गटनमा भीषण आगो लागेको छ । यहाँ यकौँ घर जलेर खरानी भएका छन । स्पेनका ३६ स्थानमा जंगलभरी आगो फैलिएको छ । ७० हजार हेक्टर जंगल जलिसकेको छ । दक्षिण–पश्चिमी स्पेनमा तापक्रम ४४ डिग्री सेल्सियसमाथि पुगेको छ । देशका बाँकी भागमा ४० डिग्री छोइसकेको छ ।

अर्काे युरोपेली मुलुक पोर्चुगलको जंगलमा लागेको आगोबाट १६० भन्दा धेरै घाइते भएको खवर छ भने सयौँ मानिसहरु आफ्नो घर छाडेर जान बाध्य भएका छन । पोर्चुगलमा सन् २०१७ पछि यस्तो गम्भीर संकट निम्तिएको छ । त्यहाँ १७ जुलाईमा आगो नियन्त्रणका लागि परिचालित अग्नि नियन्त्रक जहाज दुर्घटनामा परेको छ । यसक्रममा पाइलटले ज्यान गुमाएका छन ।

यस्तै फ्रान्सको २२ हजार एकडमा फैलिएको आगोबाट ठूलो क्षति भएको छ । त्यहाँ १२ हजार मानिसलाई जोगाइएको छ