जनता टाइम्स

५ श्रावण २०७९, बिहीबार ०५:२०

ओलीले खुवाए एमाले नेतालाई नै कसम


काठमाडौं, साउन ५ । पाँच दलीय गठबन्धन र बिपक्षीप्रति निकै कडा रुपमा प्रहार गर्दै आउनु भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली काठमाडौंमा आयोजित एक कार्यक्रममा पार्टीकै नेताहरुको भूमिकालाई लिएर निकै कठोर रुपमा प्रस्तुत हुनुभएको छ ।

नेकपा एमाले बागमति प्रदेश संगठन कमिटीले नेताहरुका लागि आयोजना गरेको प्रशिक्षणमा अध्यक्ष ओली नेताहरुमाथि नै निकै कडा रुपमा प्रस्तुत हुनुभएको हो । स्थानीय तह निर्वाचनमा बागमति प्रदेशमा नेताहरु नै पार्टीका उम्मेदवार हराउन लागेको तथ्यसहित कार्यक्रममा अध्यक्ष ओली प्रस्तुत हुनुभयो अनि बोल्दाबोल्दै संकल्पको नाममा खुवाउनु भयो–कसम ।

बागमति प्रदेशको नुवाकोटको एक वडामा कमिटीमा रहेका नेताभन्दा १४ भोट उम्मेदवारले पाएको तथ्यसहित अध्यक्ष ओलीले झण्डै ५ मिनेट इमानको बिषयमा नेताहरुलाई सम्झाउनु भयो । त्यही क्रममा अध्यक्ष ओलीले एउटा संकल्प हामी आजै गरौं भन्दै कसम खुवाउनु भयो– ‘चुनावी परिणाम सोचेजस्तो आएन बागमतिमा ? किन आएन भन्ने कुरा म कमरेडहरुलाई इमान्दार भएर सोच्न आग्रह गर्दछु । कति इमान्दारिताका साथ हामीले काम गर्यौं र अगाडि योजना बनायौं ? म कमरेडहरुलाई सोच्न आग्रह गर्दछु । हामीसँग जुनजिम्मेवारी छ, त्यो पूरा गर्न त्यसै ढंगको इमान्दारीता चाहिन्छ, संकल्प चाहिन्छ । म भन्छु तपाईहरु ताली बजाएर संकल्प गर्नाेस, अव हामी इमान्दारितिकासाथ लाग्छौं । अस्तीको स्थानीय तहको चुनावको जस्तो कुनै हालतमा हुन दिन्नौं । यो संकल्प अव कहिल्यै तोडदैनौं ।’

अध्यक्ष ओलीले संकल्पको नाममो नेताहरुलाई यो कसम खुवाउदा दोहोर्याएर तालीले समर्थन गरी संकल्प गर्न भन्नुभएको थियो । प्रशिक्षणमा उपस्थित सवैतिर हेर्दै अझै पूरा ताली बजेन त ? संकल्प नगर्ने हो भन्दै प्रश्न सोधेपछि हलमा तालीको गडगडाहटसहित कसम खाइएको थियो ।

म होइन, पार्टी

समाजवादको आधार तयार पार्नका लागि एमालेको बहुमतको सरकार चाहिन्छ । कुनै पनि चिज अर्डरमा हुनुपर्छ, डिभिजन अफ वर्क हुनुपर्छ । आफूले लिएको जिम्मेवारीको ठाउँमा कति प्रभावकारी ढंगले हामीले काम गरेका छौं ? हामी अध्यक्ष भएको ठाउँमा आफ्नो भूमिका प्रभावकारी ढंगले अघि बढाएका छौं कि छैनौं ? सचिव भएको ठाउँमा, इञ्चार्ज भएको ठाउँमा के गरेका छौं ? सामुहिक निर्णय भएको छ कि छैन ? ब्यक्तिगत जिम्मेवारी बहन गर्न छोडिएको छ । कतिपय ठाउँमा लज्जाजनक अवस्था छ । सामुहिक निर्णय, ब्यक्तिगत जिम्मेवारी पूर्णत बेवास्ता गरिएको छ । भन्दा पनि लाज लाग्छ बागमतिको कुरा गर्दा, एउटा वडाको तथ्य बताऊँ–कमिटी छ ३९ जनाको पार्टीकै ।

नसंगठनको कमिटी पनि छ तर भोट आयो २४ मात्र । यो भन्दा बेइमानी के हो ? त्यो गर्नेहरु नै यहाँ (प्रशिक्षणमा) हुनुहुन्छ । यस्तो गरेर पार्टी चल्दैन । भोट हाल्न सकिदैन भने राजीनामा दिनुपर्छ । पार्टीमै बसेर भोट नहाल्ने जस्तो काम पनि गर्न हुन्छ ? मतिभ्रष्ट यो भन्दा के हो ? इमान मुख्य कुरा हो, तर त्यहाँ बेइमान भयो । इमान मान्छेको बिशेष गुण हो, तर त्यहाँ कसैले भन्नुपर्दैन । परिणामले बेइमान देखायो ।
मतिभ्रष्ट बन्नेहरुबाटै सिक्ने हामीले मतिभ्रष्ट बनेर ? त्यस्तो गर्नु हुँदैन । यो संकल्प (कसम) गरौं आजै ।

पहिलो कुरा हामीमा इमान हुनुपर्यो । बुर्जुवाहरुले तयर गरेको थ्यौंरी अफ म्यानेजमेन्टमा पनि इमान्दारितका साथ काम गर्नुपर्ने कुरालाई मानेका हुन्छन । आफ्ना हितहरुलाई संस्था वा समुहको मातहतमा राख्नुपर्छ भन्ने उनीहरुको पनि सिद्धान्त हो । यो लेनिनले लेख्नुभएको हो । तर त्यो भन्दा अगाडि पनि यस्तो थियो । लेनिनले पनि तिनै बुर्जुवाकाट योसिद्धान्त लिनुभएको छ ।

तपाईंले पाउँदा चाँहि किन खटने अर्काे ?

स्थानीय तहको चुनावअघि एउटा अभियान चलाइयो–टिकट पाए जितिन्छ, नपाई जिताइन्छ । तर यहाँ त उल्टो भयो । टिकट पाए जित्छु, नपाए जिताउँछु भन्नेले नै आफूले टिकट पाए जित्छु, नपाए हराउँछु भन्ने ब्यवहार भयो । पाए जित्छु, पाईन भने हराउन लाग्छु भन्ने काम भयो, कसैलाई आरोप होइन, ब्यवहारले त त्यही देखायो नि । हाम्रो जनमत नभएर होइन, आफूले नपाए हराउने काम हामीले गर्यौं । हामीले आफ्ना हितहरुलाई पार्टीको हितको मातहत राख्न सकेनौं । हामी इमानका साथ ब्यवहार गर्न सकेनौं ।

हाम्रोबिरुद्ध यत्रो घेरावन्दी छ, सारा शक्ति लागेका छन हामीबिरुद्ध । साराराज्य संयन्त्रको हामीबिरुद्ध दुरुपयोग भएको छ । मैले भनेअअनुसार भएन भनेर हामी आफै पार्टी हराउन लागेपछि के भयो ? सामुहिक भावनाका साथ, पार्टी भावनाका साथ, गन्तब्य हेरेरअगाडि बढनुपर्छ । ब्यक्तिगत प्रतिस्पर्धा, ब्यक्तिगत इगो, इष्र्यामा अल्झने कि देश हेर्ने ? त्यसकारण सानातिना कुराहरुमा अल्झने होइन, महान अभिभारापूरा गर्न लाग्नुपर्छ । त्यस्का लागि नेकपा एमाले एकढिक्का हुन्छ । एकढिक्का भएर अगाडि बढछ र बाधा ब्यवधान चिर्दै बिजय हासिल गर्छ ।

इमान्दारीताका साथ आफ्नै मूल्यांकन गर्नाेस
एमाले अध्यक्ष ओलीले स्थानीय तह निर्वाचनमा बागमतिमाकिन सोचेजस्तो परिणाम आएन भन्ने बिषयमा आफैमाथि मूल्यांन गर्न सुझाउनु भयो । संगठन बलियो र जनता एमालेप्रति आकर्षित हुँदाहुँदै किन सोचेजस्तो परिणाम आएन भन्ने कुराको मुल्यांकन आफैले गर्नुपर्ने ओलीको भनाई छ । चुनावी परिणाम सोचेजस्तो आएन बागमतिमा । किन आएन भन्ने कुरा म कमरेडहरुलाई इमान्दार भएर सोच्न आग्रह गर्दछु ।
कति इमान्दारिताका साथ हामीले काम गर्यौं र अगाडि योजना बनायौं ? म कमरेडहरुलाई सोच्न आग्रह गर्दछु । हामीसँग जुनजिम्मेवारी छ, त्यो पूरा गर्न त्यसै ढंगको इमान्दारीता चाहिन्छ, संकल्प चाहिन्छ ।

उहाँले गठबन्धन संबिधानअनुसार आगामी मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुनैपर्ने पनि बताउनु भयो । मंसीरमा चुनाव गराउनु पर्छ, यो संबैधानिक प्रश्न यो, यसलाई तलमाथि गर्न दिनु हुँदैन हामीले । जाँदैछौं हामी, अध्यक्ष ओलीले भन्नुभयो ।

गठबन्धन आफै फूटछ, फुटाउनै पर्दैन

कतिपय साथीहरु भन्नुहुन्छ, गठबन्धन फुटाउनु पर्छ भनेर । हामीले बनाइ दिएको हो र यो देशबिरोधी गठबन्धन । यो त स्वार्थले बनेको हो । यो गठबन्धन हाम्रो समृद्धिको यात्रामा तगारो बनेर बीचमा आउने छ । यसलाई फुटाउनै पर्दैन समयक्रममा गठबन्धन आफै फुटछ । स्वार्थी पूजीवादी बाटो हिडेर कहिल्यै एकतावद्ध हुने कुरै हुँदैन । स्वार्थको एकता हो यो । स्वार्थको एकता स्वार्थको टकरावमा बदलिन्छ । त्यसैले यो गठबन्धन तोडन जरुरी छैन । हामीले दिएको संख्या, तागत दुरुपयोग गरेर हामीलाई नै सडकमा पुर्याइदिएका होइनन र ?

बामपन्थी सरकार ढालेर दक्षिणपन्थी सरकार बनाउन गठबन्धन बनाउने अनि बामपन्थी हुन भनेर कस्लाई भन्ने ? बामपन्थी छौं कोही भने एमाले खुला छ, बामपन्थी कोही छौं भने गठबन्धन त्याग र आऊ । कांग्रेसले कहिले कहिले यिनीहरुको गालामा झ्याम्म हान्छ क्या । अनि खुट्टा समातेर रुन्छन, ठूलो छ भनेर नहेप, हेपाई अति भो भन्छन । छोड भन्छ, कंग्रेस गठबन्धन टुटनु हुन्न क्या, नाईं क्या छोडदिन भन्छन ।

अर्काे फुटको लागि फेरि एकता अभियान ?

एमाले अध्यक्ष ओलीले नेकपा बिभाजन गर्ने तात्कालिन सचिवालयका पाँच नेताको अभियानलाई फेरि फुटनका लागि गरिएको अभियानको संज्ञा दिनुभयो । अर्काे फूटका लागि फेरि एकताको अभियान सुरु भएको छ । आज अखवारहरुमा तपाईंहरुले देख्नुभएको छ नि, पढनु भएको छ नि । फेरि एकता अभियान सुरु भयो रे । किन एकता भन्दा फेरि फुटनु छ नि त । सत्तामा बसेर शासक बन्ने ध्याउन्नका लागि हो । तर यथार्थ के हो भने सरकार भनेको शासक होइन, झनसारो जनवादी प्रबृत्ति त हुदै होइन । शासन समाजलाई सुब्यवस्थित गर्ने बिधि हो ।

हामीले अघि बढाएको समृद्ध नेपाल सुखी नेपाली अभियानखकि नातागोता रोज्ने ? परिवारवादका अत्यन्त भद्धा रुप पनि देखिन थाले । यस्ता प्रबृत्ति र बिसंगतिबिरुद्ध हाम्रो लडाईं हो । ब्यक्तिवाद कि, स्वार्थवाद कि म वाद कि हामी वाद भन्ने मुख्य लडाईं हो आजको । मवाद भनेको पूजीवाद हो, हामीवाद भनेको समाजवाद हो, समृद्ध नेपाल सुखी नेपाली हो । अहिले यही पूजीवाद र समाजादको लडाई चलिरहेको छ ।
आगामी निर्वाचनमा यस लडाईंको सफल निश्कर्ष निस्कनुपर्छ । सही निश्कर्ष निस्कनु पर्छ ।

मेरो नेतृत्वको सरकार र कोभिड नियन्त्रण भइसकेको योएक बर्षको सरकारको मुल्यांकन गर्नुपर्छ । मुलुकलाई कति तल धकेल्यो भन्ने कुरा । एक बर्षभित्र देखापरेको भयानक अधोगतिले यी दुइटा बिचारको प्रतिस्पर्धा के हो भन्ने देखाउँछ ।

गठबन्धनले मन थाम्न गाह्रो हुने गरी देशलाई बर्वादीतिर धकेल्यो

एमाले अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनले मुलुकलाई बर्वादीतिर लगेको तथ्य राख्नुभएको छ । गठबन्धनलाई मुलुकको कुनै चिन्ता छैन, नातागोता पोस्न ब्यस्त छ, मुलुक वर्वादीको दिशातिर छ । अहिले मुलुकमा अयोग्य सावित भएको, भ्रष्ट सावित भएको, नातावाद कृपावादलाई लिएर कुदेको, देशभित्रको राजनीतिक सम्बन्धहरुलाई तनावग्रस्त र कटुतापुर्ण बनाउँदै लगेको, अन्तराष्ट्यि सम्बनधलाई असन्तुलिन र अनुचित ढंगले खल्बल्याएको र देशको भविश्य नै के होला भन्ने गम्भीर अवस्था देखिएको छ । मन थाम्न गाह्रो हुने गरी बर्वादीतिर जाँदैछौं हामी, अध्यक्ष ओलीले भन्नुभयो ।

गठबन्धनले मुलुकलाई नै झगडिया बनायो
अध्यक्ष ओलीले गठबन्धनले देशलाई झगडियाको मुलक बनाएको तथ्य पनि राख्नुभयो । देशलाई नै झगडिया देश बनाइसक्यो अहिलेको गठबन्धनले । प्रधानमन्त्री छानिने मुद्धाबाट, प्रधानमन्त्री हटाइने मुद्धाबाट । सवै कुरा मुद्धाबाटै गर्न थालेको छ यो गठबन्धनले, अध्यक्ष ओलीले भन्नुभयो, यसदेशमा अरु बिषयको त पढाइ बन्द गरे हुन्छ कि क्या हो ? कानून बाहेक गठबन्धनले यसतर्फ देशलाई पुर्याइसक्यो ।

देशलाई नै झगडिया देश बनाइसक्यो अहिलेको गठबन्धनले
प्रधानमन्त्री छानिने मुद्धाबाट, प्रधानमन्त्री हटाइने मुद्धाबाट । सवै कुरा मुद्धाबाटै गर्न थालेको छ यो गठबन्धनले । यसदेशमा अरु बिषयको त पढाइ बन्द गरे हुन्छ कि क्या हो ? कानून बाहेक गठबन्धनले यसतर्फ देशलाई पुर्याइसक्यो ।