काठमाडौं, साउन ६ । नेपाल प्रहरीका १३ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा भएको छ । गृहमन्त्री बालकृष्ण खाणको मन्त्रीस्तरीय निर्णयबाट १३ जना एसएसपीको सरुवा गरिएको हो ।
मन्त्रीस्तरीय निर्णयअनुसार एसएसपी बिकाशराज खनाल लागू औषध नियन्त्रण ब्यूरो, राजेशनाथ बास्तोला १ नं प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगर सरुवा हुनुभएको छ ।
यसैगरी गृहमन्त्री खाणले हालै प्रहरी उपरीक्षक (एसपी) बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएका ३२ जनाको समेत पदस्थापन गरेको हो ।













प्रतिक्रिया दिनुहोस्