काठमाडौं, साउन ७ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सहिद भिमदत्त पन्तलाई नेपाली कांग्रेसले नै टाउको कटाएको बताउनु भएको छ ।
नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४४औं स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो । ‘मात्रिकाप्रसाद कोइराला प्रधानमन्त्री छँदा २०१० सालमा भिमदत्त पन्तको टाउको कांग्रेसले कटाएको थियो । त्यसैले कांग्रेसले भिमदत्तलाई सहिद मान्दैन,’ अध्यक्ष ओलीले भन्नुभयो ।
ओलीले भिमदत्त र विद्यार्थी नेता चिनिया काजीको नाम लिँदा कांग्रेसलाई सिरिंग हुने गरेको बताउनु भयो । यस्तै दुर्गानन्द झाले राजा महेन्द्रको गाडीमाथि बम हान्दा त्यसको जिम्मेवारी कांग्रेसले नलिएको तथ्य पनि ओलीले सुनाउनु भयो ।अध्यक्ष ओलीले कांग्रेसका तर्फबाट प्रजातान्त्रिक लडाईंमा सहिद भएकाहरुलाई पनि कांग्रेसले उचित सम्मान नदिएको बताउनु भयो ।

ओलीले सत्ता स्वार्थका लागि कांग्रेसले जे पनि गर्ने भन्दै त्यसैका लाग उस्ले आफ्नै आदरणीय नेताहरुलाई फाँसी दिइँदा पनि वक्तव्यसम्म जारी गर्न नसकेको बताउनु भयो ।












प्रतिक्रिया दिनुहोस्