पोखरा, साउन ७ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अहिलेका नेताहरुलाई जेल हाल्नका लागि राजनीतिमा आएको उदघोष गर्नुभएको छ । पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै लामिछानेले यस्तो बताउनु भएको हो ।
म देश बदल्नका लागि र अहिलेका नेताहरुलाई जेल हाल्नका लागि राजनीतिमा आएको हुँ, अख्तियारमा लुकाएर राखिएका फाइल टक्टक्याउँन पनि राजनीतिमा आएको हो, लामिछानेको भनाई थियो । उहााले मंसिरको चुनाव अधैर्यसाथ पर्खिएको पनि बताउनु भएको छ ।
लामिछानेले आफूहरुलाई मंसिरको चुनावको तीब्र प्रतिक्षा रहेको भन्दै चुनावको मितिले जनताको भाग्य खोल्ने बताउनु भयो ।
उहाँले देउवाको ज्योतिशको बिषयमा पनि चर्चा गर्नुभयो । ’तिम्रा ज्योतिश देखाएर मिति तोक । ज्योतिश तिम्रो हुनेछ भाग्य हाम्रो खुल्नेछ । ज्योतिशले मिति तोक्नेछन्,जनताले भाग्यको फैसला गर्नेछन् । सबै ग्रहले हाम्रो लागि काम गर्नेछन् । यो देश बदलिनेछ । म मंसिरको चुनावको तीब्र प्रतिक्षामा छु । तीम्रा ज्योतिशले चुनावको मिति तोक्नेछन्,भाग्य हाम्रो चम्किनेछ,’ रबिको भनाई थियो ।













प्रतिक्रिया दिनुहोस्