जनता टाइम्स

८ श्रावण २०७९, आईतवार १२:१०

सूर्यबिनायकमा कांग्रेसका सभापति, सचिव र सहसचिवसहित पुरै कमिटी एमालेमा समाहित


भक्तपुर, साउन ८ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मिति नजिकिदै जाँदा भक्तपुरमा नेकपा एमालेमा प्रवेश गर्नेका लहर चलेको छ । आज मात्रै सूर्यविनायक वडा नं ६ का नेपाली कांग्रेसका सभापति, सचिव र सहसचिवसहित पुरै कमिटी एमाले प्रवेश गरेको छ ।

कार्यक्रममा कांग्रेसकासूर्यबिनायक ६ कावडासभापति राजेन्द्र त्वाती, सचिव अनिल बके र सहसचिव राजेश सिलाकार आफ्नो सिंगो कमिटीसहित नेकपा एमालेमा समाहित हुनुभयो ।

नवप्रवेसीहरुलाई नेकपा एमाले पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेत, केन्द्रीय सदस्य एवं भक्तपुर इञ्चार्ज सोम मिश्रसहितका नेताहरुले पार्टीमा स्वागत गर्नुभएको छ ।

यी हुन नवप्रवेसीहरु

१,विवेक पौडेल-विवेकशिल पार्टीका केन्द्रिय सचिवालय सदस्य
२,हिमान्चल कार्की-नेकपा माले भक्तपुर जिल्ला सचिव
३,राजेन्द्र त्वाती-नेपाली कांग्रेश वडा सभापति सू.न.पा वडा नं -६
४,अनिल बके-नेपाली कांग्रेश वडा सचिव सू.न.पा -६
५,राजेश सिलाकार-नेपाली कांग्रेस वडा सहसचिव सू.न.पा-६
६,निराजन सुवाल-नेपाली कांग्रेस वडा कमिटी सदस्य,सू.न.पा-६
७,सरोज बके-नेपाली कांग्रेस वडा कमिटी सदस्य,सू.न.पा-६
८,प्रकाश घिसिङ -ने.कां. क्रियाशिल सदस्य
९,सुजन बके- ने.कां. क्रियाशिल सदस्य
१०,सुजन सुकुभुटु-ने. कां. क्रियाशिल सदस्य
११,ई.कुसल सुवाल-ने.कां.क्रियाशिल सदस्य
१२,शिव श्रेष्ठ -ने.कां. क्रियाशिल सदस्य
१३,दिपक श्रेष्ठ -ने.कां.क्रियाशिल सदस्य
१४,सागर सुवाल-ने.कां क्रियाशिल सदस्य
१५,बावुराम श्रेष्ठ-ने.कां क्रियाशिल सदसय