जनता टाइम्स

८ श्रावण २०७९, आईतवार १८:५५

आइजीपीले गरे ११ एसपीको काज सरुवा, भक्तपुर र कास्कीसहित ७ जिल्लाका प्रमुख फेरिए


काठमाडौं, साउन ८ । प्रहरी महानिरीक्षक (आइजीपी) धिरजप्रताप सिंहले ११ जना प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा गर्नुभएको छ । आइतबार ११ जना एसपीको काज सरुवा हुँदा ७ जिल्लाका प्रमुख फेरिएका छन ।

आइजीपी सिंहले आज काज सरुवा गर्दै कास्कीमा अजय केसी, भक्तपुरमा प्रजित केसी, बारामा होविन्द्र बोगटी, मकवानपुरमा वामदेव गौतम, रौतहटमा वीरबहादुर बुढा मगर, कपिलवस्तुमा प्रेमबहादुर बस्नेत र डोटीमा दिलिप घिमिरे पठाउनु भएको हो ।