काठमाडौं, साउन ९ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईको गाडीलाई ट्राफिक प्रहरीले जरिवाना तिराएको छ । ललितपुरको जाउलाखेलस्थित निषेधित क्षेत्रमा पार्किङ गरिएको कारण ट्राफिकले जरिवाना तिराएको हो ।
बा २२ च २५८३ नम्बरको निजी गाडीलाई ‘नो पार्किङमा’ पार्क गरेको भेटिएपछि जाउलाखेलस्थित ट्राफिक वृत्तले एक हजार रूपैयाँ जरिवाना तिराएको हो । आज बिहान ट्राफिक प्रहरी जवान सुरेन्द्र सिंह धामीले मन्त्री राईको गाडीलाई जरिवाना तिराउनु भएको हो ।
यो गाडीको प्रयोगकर्तामा ‘माननीय मोहम्मद इश्तियाक राई’ लेखिएको छ । गाडीमा संघीय संसद सचिवालयले सांसद राईलाई संघीय संसद भवन प्रवेश गर्न दिएको पत्रसमेत टाँस गरिएको थियो ।













प्रतिक्रिया दिनुहोस्