जनता टाइम्स

९ श्रावण २०७९, सोमबार १६:३२

प्रधानमन्त्री सहभागी कार्यक्रममा नागरिकता विधेयक खारेज गर भन्दै चर्को नाराबाजी


काठमाडौं, साउन प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी एक कार्यक्रममा नागरिकता विधेयक खारेजीको माग गर्दै एक नाराबाजीभएको

कमलादिस्थित प्रज्ञाभवनमा राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानको कार्यक्रममानागरिकता विधेयक खारेज गर, एमसीसीमुर्दाबाद, देउवा मुर्दाबाद,राष्ट्रियताको रक्षा गरौंभन्दै नारावाजी भएको हो

उद्घोषकले प्रधानमन्त्री देउवालाई मन्तव्‍य दिन बोलाएपछि केही व्यक्तिले नाराबाजी गरेका हुन कार्यक्रम स्थलमा नाराबाजी हुनथालेपछि सुरक्षाकर्मीले प्रधानमन्त्री देउवालाई सुरक्षित तवरले मन्तव्‍य स्थानसम्म पुर्‍याएका थिए

प्रहरीले नाराबाजी गर्नेहरुलाई कार्यक्रमस्थल बाहिर निकालेको छ।