जनता टाइम्स

७ श्रावण २०७६, मंगलवार ०७:५८

पाँचथरमा सुत्केरीको हेलिकप्टरमा उद्धार


काठमाडौं, साउन ७ । पाँचथरको तुम्बेवा गाउँपालिका–४ की सुत्केरी २० वर्षीया रुपा लिम्बूको हेलिकप्टरमा उद्धार गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तुम्बेवाका अध्यक्ष खड्गसुन्दर सम्बाहाम्फेले जिल्ला प्रशासन कार्यालयमार्फत पहल गरी उनलाई उपचारका लागि हेलिकप्टरमा कोशी अञ्चल अस्पताल विराटनगर पठाइएको जानकारी दिनुभयो ।

सुत्केरीको अवस्था जटिल भएकाले हेलिकप्टरमा उपचारका लागि पठाइएको हो । सरकारको दुर्गम क्षेत्रका जटिल अवस्थाका सुत्केरीको उद्धार गर्ने कार्यक्रमअनुसार लिम्बूको उद्धार गरिएको हो । प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि गाउँपालिकाको सिफारिसमा उनलाई उपचारका लागि पठाइएको बताउनुभयो ।