जनता टाइम्स

११ श्रावण २०७९, बुधबार ०८:२८

राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा आज सार्वजनिक गर्दै


काठमाडौं ,११ साउन ।राष्ट्रिय परीक्षा बोर्डले यो वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा आज सार्वजनिक गर्दैछ ।
एसईईको नतिजा सार्वजनिक गर्न सबै तयारी पूरा भएको परीक्षा नियन्त्रकको भनाई छ ।

आज दिउँसो ३ बजेपछि नतिजा सार्वजनिक गर्ने तयारी छ । नतिजा सार्वजनिक भएपछि विद्यार्थीको जन्म मिति, अङ्कलगायतमा गल्ती नहोस् भनेर यसपालि कडाइका साथ विद्यार्थीको विवरण रुजु गर्ने काम भएकाले नतिजा प्रकाशनमा केही ढिला हुनगएको उल्लेख गरिएको छ ।

गएको वैशाख ९ गतेदेखि २० गतेसम्म भएको परीक्षामा ५ लाख १४ हजार ९ सय ७७ परीक्षार्थी सहभागी भएका थिए ।

एसईईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस र आईभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरिएको छ । नेपाल टेलिकमको १६०० नम्बरमा एसएमएस गरेर आफ्नो सिम्बोल नम्बर राखेर पनि नतिजा थाहा पाउन सकिन्छ । त्यस्तै अरु विभिन्न माध्यमबाट पनि नतिजा हेर्न सकिने बोर्डले जनाएको छ ।