जनता टाइम्स

११ श्रावण २०७९, बुधबार ११:११

चलचित्र विकास बोर्डका अध्यक्ष केसीले गरे पदभार ग्रहण


काठमाडौं, ११ साउन । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले पदभार ग्रहण गर्नुभएको छ । आज बिहान बोर्डको कार्यालय पुगेर केसीले पदभार ग्रहण गर्नुभएको हो । उहाँ बोर्डको कार्यालय पुग्दा कर्मचारीहरुले फूल–मालाले स्वागत गरेका थिए ।

गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले केसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।