काठमाडौं, साउन ११ । जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय कार्यकारिणी सदस्य तथा पूर्वमन्त्री हेमराज राई नेकपा (एमाले)माप्रवेश गर्ने निर्णायमा पुग्नु भएको छ ।
पूर्वका चर्चित नेता राईसहित जसपाका ७ जना केन्द्रीय सदस्यहरु नेकपा (एमाले)मा प्रवेश गर्नलाग्नुभएको हो ।
नेता राईले सोमबार पार्टी अध्यक्ष उपेन्द्र यादवलाई राजीनामा–पत्र बुझाइसक्नु भएको छ । राईसँगै जसपाका केन्द्रीय सदस्य तथापूर्वमन्त्री दानबहादुर चौधरी, चन्द्रविक्रम राई, भूराज राई, उमेश थापा, शान्त प्रधान, रामसिंह राई र सुनिल राईलगायत एमाले प्रेवश गर्नलाग्नुभएको हो ।
भोजपुर निवासी हेमराज राई पूर्वएमाले नेता हो । पूर्व क्षेत्रमा नेकपा (एमाले)को संगठन विस्तारमा महत्वपूर्ण भूमिका खेल्नुभएका राईलेतत्कालिन एमाले उपाध्यक्ष अशोक राईसँग एमाले परित्याग गर्नुभएको थियो ।
डा.बाबुराम भट्टराईको नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको समाजवादी फोरमबीच एकता हुँदा राई उपाध्यक्षको भुमिकामा रहनुभएकोथियो ।
हेमराजको बहिर्गमनले पहाडी क्षेत्रमा जसपालाई ठूलो धक्का लाग्ने देखिएको छ ।













प्रतिक्रिया दिनुहोस्