पर्सा, साउन ११ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो पार्टीको नेतृत्व स्वकार्नेलगायतका तीन सर्त माने मात्रै चुनावी गठबन्धन हुने बताउनु भएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकबाटै तीन सर्त मानेमा गठबन्धन गर्ने निर्णय भएको भन्दै कोइरालाले ती कुरा नमाने गठबन्धन नहुने बताउनु भएको हो । प्रेस युनियनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कोइरालाले तालमेलका लागि तीन सर्त राख्नुभएको हो ।
कोइरालाले कांग्रेसका तीन सर्तमा आर्थिक नीति, परराष्ट्र नीति र कांग्रेसको नेतृत्वमा आगामी ५ वर्षसम्म स्थायी सरकार हुन । ‘कांग्रेस केन्द्रीय समितिले निर्णय गरेका तीन सर्त गठबन्धनका अन्य दलहरुले माने मात्र आगामी निर्वाचनमा चुनावी गठबन्धन हुन्छ, अन्यथा हुन्न,’ कोइरालाले भन्नुभयो, ‘यी विषयमा गठबन्धनका दलहरुबीच छलफल भइरहेको छ । यी तीन सर्त माने मात्रै गठबन्धन हुन्छ ।’ कांग्रेस सबैभन्दा पुरानो र सबैभन्दा ठूलो दल पनि भएको कारण गठबन्धनका अन्य दलहरुले कांग्रेसको सर्त मान्नुपर्ने कोइरालाको भनाई छ ।
कोइरालाले नेकपा माओवादी केन्द्रले भने अनुसारको सिट बाँडफाँड गरेर चुनावमा जान नसकिने बटमलाइन पनि सुनाउनु भयो । ‘स्थानीय निर्वाचनमा प्राप्त जनमतका आधारमा मात्र गठबन्धन दलबीच सिटको भागबण्डा हुनुपर्छ,’ कोइरालाले भन्नुभयो । उहाँले पार्टीभित्र गुट उपगुट हुनु स्वभाविक रहेको पनि बताउनु भयो ।
‘कांग्रेस केन्द्रीय समितिले निर्णय गरेका तीन सर्त गठबन्धनका अन्य दलहरुले माने मात्र आगामी निर्वाचनमा चुनावी गठबन्धन हुन्छ, अन्यथा हुन्न,’ कोइरालाले भन्नुभयो, ‘यी विषयमा गठबन्धनका दलहरुबीच छलफल भइरहेको छ । यी तीन सर्त माने मात्रै गठबन्धन हुन्छ ।’

‘पार्टीमा गुटिज्म हुन्छ । त्यो स्वभाविक नै होर। गुट भनेको विचार हो, यसलाई अन्यथा लिनु हुँदैन तर जब अन्य दलसँग प्रतिस्पर्धाको सवाल आउँछ त्यसबेला भने सबै गुट एक हुनुपर्छ । त्यो बेला गुट उपगुटमा लाग्नु हुँदैन,’ कोइरालाको भनाई थियो ।
कोइरालाले अहिले कै परामा चले संघीयता धरापमा पर्न सक्ने चेतावनी पनि दिनुभयो । ‘संघीयता अहिले राम्ररी कार्यान्वयन हुन सकिरहेको छैन । यदि यसरी नै चलाउने हो भने संघीयता धरापमा पनि पर्न सक्छ । अधिकार विहीन संघीयता धेरै समय चल्न सक्दैन,’ उहाँको भनाई थियो ।













प्रतिक्रिया दिनुहोस्