जनता टाइम्स

१३ श्रावण २०७९, शुक्रबार ११:०९

यस्तो छ गृहजिल्लामा ओलीको आजको कार्यक्रम


झापा, साउन १३ । गृहजिल्लाको भ्रमणमा रहनु भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको तेस्रो दिन आज जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । बुधवार झापा आउनुभएका अध्यक्ष ओली बिहीवार दिनभर आफ्नो निर्वाचन क्षेत्रका नेता कार्यकर्तासँग भेटघाट गर्नुभयो ।

एमाले प्रदेश कमिटी सदस्य होमबहादुर थापाका अनुसार आफ्ना निर्वाचन क्षेत्र दमकमा नै रहनु भएका अध्यक्ष ओलीले अहिले विहान नेपाल लोकतान्त्रिक धिमाल संघ, अनेम संघ लगायतसँग अन्तरक्रिया गर्दैहुनुहुन्छ ।

दिउसो १२ बजे विर्तामोडमा हुने वृहत्त कार्यकर्ता भेलालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने र साँझ दमकमै बस्ने थापाले जानकारी दिनुभयो । यसैगरी अध्यक्ष ओली भोली इलामको चुलाचुलीमा हुने बृहत्त पार्टी प्रवेश कार्यक्रममा सहभागी भएर काठमाडौं फर्कदै हुनुहुन्छ । उक्त कार्यक्रममा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ पनि सहभागी हुनुहुनेछ ।