जनता टाइम्स

७ श्रावण २०७६, मंगलवार १२:४४

पूर्वविशिष्ट पदाधिकारीका लागि खटिएका सुरक्षाकर्मी फिर्ता बोलाइने


काठमाडौं, साउन ७

सरकारले सुरक्षाथ्रेट नभएका विशिष्ठ व्यक्ति र पूर्वगृहमन्त्रीका सुरक्षाकर्मी फिर्ता बोलाउने भएको छ । अनावश्यक सुरक्षाकर्मी खटाइएका ठाउबाट उनिहरुलाई फिर्ता बोलाउने तयारी भईरहेको गृह मन्त्रालयले स्पष्ट पारेको छ ।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृह मन्त्रालयका सचिव प्रेमकुमार राईले सुरक्षा खतरा मूल्याङ्कन गरी सुरक्षा खतरा नभएका पूर्व गृहमन्त्रीसँग रहेका सुरक्षाकर्मी फिर्ता बोलाइने जानकारी दिनुभयो । उहाले सबै पूर्व गृहमन्त्रीको सुरक्षामा खटाइएका नेपाल प्रहरी र सशस्त्र प्रहरी फिर्ता बोलाउने तयारी भएको र यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लगिएको बताउनु भयो ।

विशिष्ट व्यक्तिहरुको सुरक्षामा खटाइएका सुरक्षाकर्मीलाई आवश्यक मूल्याङ्कनका आधारमा अहिले पनि फिर्ता बोलाउने काम जारी रहेको र यो कामलाई अझ प्रभावकारी रुपमा अगाडि बढाइने सचिव राईको भनाइ छ ।