वासिङटन डिसी/एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनिया राष्ट्रपति सी जिङ पिङबीच शुक्रबार साढे दुई घण्टा कुराकानीभएको छ । भिडियो माध्यममार्फत भएको कुराकानी द्विपक्षीय सम्बन्ध र अन्तर्राष्ट्रिय विविध विषयमा केन्द्रित भएको अधिकारीहरूलेजनाएका छन् ।
अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले लामो कुराकानीका क्रममा केही विषयमा गहिरोसँग छलफल भएको जनाएको छ ।वाइडेनले राष्ट्रपतिको जिम्मेवारी सम्हालेपछि उहाँहरू बीचमा अहिलेसम्म पाँचपटक फोन तथा भिडियो कुराकानी भएको छ ।
बाइडेन अमेरिकाको उपराष्ट्रपति हुँदा उहाँकै निमन्त्रणामा सन् २०१५ मा सीले अमेरिका भ्रमण गर्नुभएको थियो । तर बाइडेन राष्ट्रपतिभएपछि भने दुई नेताको भेट भएको छैन । पछिल्लो कुराकानीमा उहाँहरू बीचमा चाँडै नै भौतिकरुपमै भेटवार्ता गर्ने सहमतिसमेत भएको छ।
साथै अहिलेको भिडियो कुराकानी विशेष गरेर ताइवान मामिलामा केन्द्रित भएको र एकअर्काप्रति कतिपय असहमति प्रकट गरेकोजनाइएको छ । अमेरिककाको तल्लो सदनकी सभामुख न्यान्सी पलोसी ताइवान भ्रमणमा जान लागेको चर्चा चलेपछि अमेरिका रचीनबीच तनाव थप बढेको छ ।
अमेरिकाले ताइवानलाई महत्व दिएर गलत भूमिका खेल्न खोजेको चिनियाँ अधिकारीहरूको भनाइ छ । सभामुख पलोसीले ताइवानकोभ्रमण गरेमा राम्रो नहुने चेतावनी चीनले अमेरिकालाई दिँदै आएको छ । तर अमेरिकाको विदेश मन्त्रालयले भने पलोसीले ताइवानकोभ्रमण गर्ने कुनै योजना नबनाएको दाबी गरेको छ ।













प्रतिक्रिया दिनुहोस्