काठमाडौं, साउन १४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगमी संघ र प्रदेशको चुनावमा माओवादीलाई दोस्रो ठूलो पार्टी बन्न कांग्रेसले नसघाए सम्बन्ध निकै असहज हुने चेतावनी दिनुभएको छ ।
कांग्रेसपछिको ठूलो पार्टी माओवादी बन्ने आफ्नो योजना रहेको भन्दै प्रचण्डले दोस्रो बन्नका लागि कांग्रेसले सहयोग गर्नैपर्ने बताउनु भयो । पार्टीको सम्पर्क समन्वय समितिको कार्यक्रममा बोल्दै प्रचण्डले नेपाली कांग्रेसका नेताहरुसँग यो विषयमा कुरा गरिसकेको भन्दै कांग्रेसले सहयोग नगरे सहकार्य सहज नहुने चेतावनी दिनुभयो ।
‘कम्तीमा पनि लेफ्ट मुभमेन्टको पहिलो हुने पुरै हो, मैले नेपाली कांग्रेसको नेतासँग कुरा गर्दा भनेको छु । सायद पहिलो अहिले तपाईहरु नै हुनुहुन्छ त्यो देखियो, दोस्रो माओवादी केन्द्र हुने हो, त्यसमा सहयोग गर्ने हो भने सब चिज सहज जान्छ, नभए सहज जाँदैन,’ प्रचण्डको भनाई छ ।
उहाँले स्थानीय तहमा कांग्रेसले धोका दिएको तर अवको चुनावमा त्यस्तो गडबडी हुन नदिने पनि बताउनु भयो । प्रचण्डले आफ्नो योजनाअनुसार जाँदा एक पटक आफू फेरि प्रधानमन्त्री बन्ने सपना पनि सुनाउनु भयो ।













प्रतिक्रिया दिनुहोस्