इलाम, साउन १४ । संघीय लिम्बूवान मञ्चका ५० जना भन्दा नेता–कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन । एमाले अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले मञ्चका नेताहरुलाई आज पार्टीमा स्वागत गर्नुभएको हो ।
इलामको चुलाचुलीमा आज आयोजित कार्यक्रममासंघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका केन्द्रीय सचिवालय सदस्य तथा रेड जोन कमाण्डर तिलकसिंह फागोको नेतृत्वमा ५१ जना नेता कार्यकर्ता एमाले प्रवेश गर्नुभएको हो । नवप्रवेसीहरुलाई स्वागत गर्दै एमाले अध्यक्ष ओलीले पार्टीले सवैलाई उचित जिम्मेवारी दिने बताउनुभयो ।

अध्यक्ष ओलीले एमालेको विचार र सिद्धान्तले मात्र देशमा समृद्धि हासिल हुने भन्दै सवै जनतामा यो बिचार पुर्याउन जरुरी रहेको बताउनु भयो । एमाले उपाध्यक्ष तथा सोही निर्वाचन क्षेत्रबाट बिजयी प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङले पार्टीका प्रवेशीहरुलाई अब एमालेको नीति र सिद्धान्त बमोजिम पार्टी काम र समाजसेवामा लाग्न आग्रह गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्