काठमाडौं, १४ साउन । नेकपा एमालेका नेता योगेश भट्टराईले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई राजनीति खेलबाट टाढै रहन सुझाव दिनुभएको छ । उहाँ प्रचण्डलाई लक्षित गदै पेभेलिएनमा बसेर मैदानका खेलाडीको हौसला बढाउनु राम्रो हुने बताउनुभयो ।
नेता भट्टराईले प्रचण्डले आफैले आत्मघाती गोल गरेका कारण उहाँ अव यो राजनीति खेलबाट टाढा बस्नु उपयुक्त हुने बताउनुभएको हो । उहाँले सामाजिक संजालमा लेख्नुभएको छ । जुन ईनिङमा छक्का/चौका हान्ने अबसर थियो प्रत्येक बलमा विकेट लिने अबसर थियो तर खेल मैदान भत्काईयो, ब्याट भांचियो खेलको नियम उलङ्घन गरे बापत रेस्टिकेटमा परियो अब मौका गुम्यो कमरेड । उहाँले विभिन्न अवशर हुदा समेत त्यसलाई सहि सदुपयोग गर्न नसकेको कारण अव प्रचण्डले यो राजनीतिबाट टाढा रहनु नै राम्रो हुने सुझाव दिनुभएको हो । उहाँले सामाजिक संजालमा लेख्नुभएको छ –
प्रिय कमरेड cm
जुन ईनिङमा छक्कार चौका हान्ने अबसर थियो
प्रत्येक बलमा विकेट लिने अबसर थियो
खेल मैदान भात्काईयो, ब्याट भांचियो
खेलको नियम उलङ्घन गरे बापत रेस्टिकेटमा परियो
मौका गुम्यो
कमरेड cm
अब अर्को ईनिङ खेल्ने रहर त लागेको छ
छक्कार चौका हान्ने र विकेट लिने चाहना छ
तर के गर्नु
शरीरमा तागत छैन, हातमा बल छैन
खेल मैदानको सिमाना नै टाढा देखिन्छ
क्याच गर्न खोज्यो चिप्लिहाल्छ
कुनै वेला फुटवल खेलाडी भएर आफ्नै पोस्टमा आत्माघाती गोल पनि गरियो
त्यसैले प्रिय कमरेड cm अब
पेभेलिएनमा बसेर
मैदानका खेलाडीको हौसला बढाउनु नै बेस होला
रोजाइ यहाँ कै ।
रिसानी माफ पाउँ !













प्रतिक्रिया दिनुहोस्