जनता टाइम्स

१५ श्रावण २०७९, आईतवार १३:१९

यस्तो छ आज (खोटाङ)को भूकम्पले पुर्याएको क्षति (केही दृश्यहरू)


काठमाडौं । खोटाङमा आइतबार बिहान गएको भूकम्पबाट हालसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन । हिालसम्म मानवीय क्षतिको विवरण प्राप्त भइनसकेको प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईले जानकारी दिए ।

साकेला गाउँपालिका–५ को मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार बिहान ८ बजेर १३ मिनेटमा ६ म्याग्निच्युडको भूकम्प गएको छ ।

उक्त भूकम्पले केही घरमा क्षति पुगेका तस्बिर प्राप्त भएको छ । क्षतिसम्बन्धी जानकारी लिने क्रम भइरहेको प्रजिअ सेडाईले जानककारी दिए ।
भूकम्पको केन्द्रविन्दु स्थलमा सुरक्षाकर्मी पुगिसकेका छन् ।