काठमाडौं, १५ साउन । नेपाल रेडियोलोजिस्ट एसोसिएसनले अनाधिकृत व्यक्तिबाट अल्ट्रासाउण्डलगायत रेडियोलोजिष्ट सेवा नलिन आग्रह गरेको छ । एसोसिएसनले आम जनताहरुमा एक सूचना जारी गर्दै हाल देशमा भईरहेका अल्ट्रासाउण्डलगायतका रेडियोलोजि सम्वन्धि सेवाहरुको अनाधिकृत प्रयोगको विषयमा बोलेको हो । यस्तो सेवा लिदा सजक हुन पनि अनुरोध गरेको छ ।
जारी सुचनामा भनिएको छ,‘देशमा अनाधिकृत रुपमा भइरहेको अल्ट्रासाउण्ड लगायतका रेडियोलोजी सम्बन्धि सेवाहरुको बारेमा जानकारी गराउनुका साथै उक्त कार्यले बिरामी स्वास्थ्य माथि नै खेलवाड हुन जाने साथै उक्त कार्य नेपाल स्वास्थ्य संस्था संचालन सम्बन्धि मापदण्ड २०७७ को पनि बर्खिलाफ हुने हुँदा सो कार्यलार्इ निरुत्साहित गर्न तथा आवश्यक कारबाही गर्न माग गरेको छ।’
यसअघि नेपाल रेडियोलोजिस्ट एसोसिएसनको प्रतिनिधिमण्डलले स्वास्थ्य मन्त्री र प्रमुख जिल्ला अधिकारीलाइ समेत ज्ञापन पत्र पनि बुझाइसकेको छ । रेडियोलोजिष्टमार्फत प्रदान हुनुपर्ने विशेषज्ञ सेवा अनाधिकृत रुपमा प्रवाह हुने गरेको भन्दै त्यसलाई रोक्न पर्ने संघका केन्द्रीय सदस्य तथा प्रदेश १ का उपाध्यक्ष डा. तेजेन्द्र कार्कीले बताउनुभयो ।
स्वास्थ्य संस्था संञ्चालन मापदण्ड २०७७ अनुसार जीवन बचाउ र दुर्घटनाजन्य आपतकालिन सेवा प्रवाहको समयमा बाहेक अल्ट्रासाउण्ड सेवा रेडियोलोजिष्टबाटै हुनुपर्ने व्यवस्था रहेको छ ।
रेडियोलोजिष्ट बाहेकका अन्य व्यक्तिहरुले त्यसरी सेवा प्रदान गर्दा नमिल्ने र रिपोर्टिङ पनि गर्न नपाउने व्यवस्था भएपनि निजी क्लिनिक र केही अस्पतालहरुले नियम विपरीत काम गरिरहेको भन्दै त्यसलाई रोक्न अनुरोध गरिएको हो । अनाधिकृत व्यक्तिबाट प्रदान हुने रेडियोलोजी सेवाबाट बिरामीहरुको जीउ, ज्यानको समेत जोखिम हुने भन्दै त्यसतर्फ सचेत रहन डा.कार्कीले आग्रह गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्