जनता टाइम्स

१५ श्रावण २०७९, आईतवार २१:१६

जनार्दन शर्माको तथ्य बाहिर आउँछ भनेर मन्त्रालयको सीसीटीभी फुटेज नै गायब पारियो : अध्यक्ष ओली


काठमाडौ, १५ साउन । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन अर्थमन्त्री जनार्दन शर्माको छानबिनका लागि गठित संसदीय विशेष समितिलाई कल डिटेल समेत हेर्न नदिएको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ । अध्यक्ष ओलीले समितिभित्रै रहेका सत्तारूढ दलका सांसदहरूले नै समितिलाई कल डिटेल हेर्न नदिएको जिकिरसमेत गर्नुभयो ।

साउन १५ ९खिर खाने दिन० को अवसरमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरिएको कार्यक्रममा बोल्दै उहाँले तत्कालीन अर्थमन्त्री शर्माको तथ्य बाहिर आउँछ भनेर अर्थ मन्त्रालयको सीसीटीभी फुटेज नै गायब गरिएको दाबीसमेत गर्नुभयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘अहिले सीसीटीभी राख्दा त फुटेज गायब । आजकालको जमानामा कल डिटेल हुन्छ तर हेर्न नपाइने ।’

उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवाले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाईवालेलाई जनैपूर्णिमाको दिन राखी बानिदिएकोतर्फ सङ्केत गर्दै त्यसमा पनि राजनीति भइरहेको बताउनुभयो ।