काठमाडौं, साउन १६ । राष्ट्रिय युवा संघ नेपालले अध्यक्षसहित पदाधिकारी चयन गरेको छ । काठमाडौंमा सम्पन्न युवा संघको दोस्रो पूर्ण बैठकले संयोजक किरण पौडेललाई अध्यक्षमा चयन गर्दै पदाधिकारी चयन गरेको हो ।
बैठकले १० उपाध्यक्षसहित १८ जना पदाधिकारी चयन गरेको छ । नवौं राष्ट्रिय महाधिवेशनको तयारीका लागि आयोजक कमिटीको हैसियतमा रहेको कमिटीको महासचिवमा क्षितिज थेबे चयन हुनुभएको छ । उपाध्यक्षहरुमा सुजित कुमार झा, सुरज, क्रान्ति बुर्लाकोटी, अमित लामा सन्तोष रावल, अन्जना अधिकारी चयन हुनुभएको छ ।
यसैगरी उर्मिला सुनुवार सुनुवार, कृष्णहरी केसी, सुमन पुरी, पुष्पराज श्रेष्ठ, रामजी सापकोटा पनि उपाध्यक्ष चयन हुनुभएको छ । यस्तै उपमहासचिव रमेश तिवारी, विजय डाँगी र सचिवहरुमा विकास ज्ञवाली, सीता सुवेदी, बैजनाथ शाह, विष्णा चन्द चयन हुनु भएको युवा संघले जनाएको छ ।

यी हुन पदाधिकारी
एमालेले जनसंगठनमा १७ जना मात्र पदाधिकारी रहने ब्यवस्था गरेको छ । तर युवा संघले भने १८ जना पदाधिकारी राख्नैपर्ने बाध्यता आएको बताएको छ ।
एमाले पोलिटब्यूरो सदस्य तथा युवा संघ इञ्चार्ज महेश बस्नेत दोस्रो पटक अध्यक्षमा निार्वाचित भएपछि युवा संघको महाधिवेशन हुन सकेको छैन । बस्नेतपछि निरु पाल, राजीव पहारी, रमेश आचार्य, बच्चन सिंह र किरण पौडेल महाधिवेशनबिनै अध्यक्षमा चयन हुनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्