कठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता तथा साँसद जनार्दन शर्मालाई अर्थमन्त्रीलाई पुन ः नियुक्ति गरिएपछि नेपाली छापा र अनलाइनमा विरोधका समाचारको बाढी आएका छन्् । विरोधको तारो अर्थमन्त्री जनार्दन शर्मा मात्र होनन उनलाई नियुक्त गर्ने प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि भएका छन् ।
बजेट भाषणको अघिल्लो रात अर्थमन्त्रालयमा अनाधिकृत व्यक्तिको प्रवेश गराई करका दर फेरफेर गरेको अभियोग लागेका शर्मालाई संसदीय छानविन समितिले ‘दोषी प्रमाणित गर्ने आधार नभेटिएको’ भन्ने निक्ष्कर्षसहितको प्रतिवेदन दिएपछि प्रधानमन्त्री देउवाले उहाँलाई पुन ः अर्थमन्त्रीमा नियुक्त गर्र्नु भएको हो । पुनः नियुक्त भएका अर्थमन्त्री शर्माले आइतबारैदेखि कार्यभार पनि सम्हालेका छन् ।
यही नियुक्तिविरुद्ध सञ्चारमाध्यमले रोष व्यक्त गर्दै राजनीतिलाई थप विकृत बनाएको टिप्पणी गरेका छन् । राजनीतिमा गिर्दै गएको नैतिकतामा यो घटनाले थप मलजल गरेको प्रकाशित समाचारमा उल्लेख गरिएको छ । अधिकाँश पत्रपत्रिकाले मुख्य समाचार बनाएको यो विषयलाई कतिपयले भने सम्पादकीयको विषयवस्तुसमेत बनाएका छन् ।
सुरुमा यससम्वन्धि समाचार सार्वजनिक गर्ने अन्नपूर्ण पोष्टले ‘अपुरो छानविनका भरमा फर्काइए शर्मा’ भन्ने शिर्षकमा पहिलो पृष्ठको मुख्य समाचार बनाएको छ । सो पोष्टले नपाइएको सिसिटिभीमा नदेखिएको दृश्यलाई आधार बनाएर शर्मालाई चोख्याइउको टिप्पणी गरेको छ । मूल विषयमा संसदीय समिति प्रवेशनै नगरेको भन्ने उल्लेख गर्दै सोसम्वन्धि समाचारमा आरोपित अनाधिकृत व्यक्तिसँग बयानै नलिएर टुक्रा टुक्रामा विभाजित नचल्ने फुटेजमा भरपरको उल्लेख ।
कान्तिपुर दैनिकले ‘अधुरा काम फत्ते गर्न फर्काइए शर्मा’ भन्ने शिर्षकमा ब्यानर समाचार प्रकाशित गर्दै सम्पादकीयसमेत यसै विषयमा लेखेको छ । कान्तिपुरको समाचारमा शर्मालाई सुनियोजित ढंगले सफाइ दिएर असु्लीका अधुरा काम फत्ते गर्न पठाइएको भन्ने आशय उल्लेख छ । अनाधिकृत भनिएका व्यक्तिसँग बयान नलिनुले समितिको नियत प्रष्ट भएको समाचारमा जनाइएको छ । त्यसैगरी नयाँ पत्रिकाले ‘अर्थमन्त्रीमा शर्माको कमब्याक’ शिर्षकमा पहिलो पृष्ठमै समाचार प्रकाशित गरेको छ । आरोप पुष्टि नभएपछि शर्माको पुनः नियुक्तिको बाटो खुलेको टिप्पणी गर्दै उसले यो देउवाको ११ औं मन्त्रिपरिषद हेरफेर हो भनेको छ ।













प्रतिक्रिया दिनुहोस्